साराका लागि चल्नैपर्ने ‘सुश्री सम्पति’



रंगखबर, काठमाडौँ – सुरुवाती २ फिल्म असफल हुँदा पनि अभिनेत्री सारा सिर्पाइलि सबैको नजरमा छाएकै छिन् । तेस्रो फिल्म ‘सुश्री सम्पति’ प्रदर्शनको नजिक छ । के तेस्रो फिल्मबाट साराले बक्सअफिसमा सफलताको झण्डा गाड्न सफल होलिन् त ?

अहिले सबैको नजर मंसीर २८ गते रिलिज हुने ‘सुश्री सम्पति’मा छ । हिट गीत ‘हुकुम बक्सियोस’ र सलोन बस्नेत, बिनोद न्यौपाने जस्ता कलाकार भरिएकाले ‘सुश्री सम्पति’बाट सुखद ओपनिङको आशा गर्न सकिन्छ । तर, लामो रेसको लागि र बक्सअफिसमा सेफ ल्याण्डिङ गर्न फिल्मलाई बलियो ‘वर्ड अफ माउथ’ आवश्यकता छ ।

यदि सकारात्मक प्रतिक्रिया आए साराका लागि फलिफाप हुन् सक्छ । किनकी, सारालाई सम्भावना भएकी, तर अभागी अभिनेत्रीको लिस्टमा राख्न थालिएको छ । विशेष गरि साराको अभिनय र सुन्दरताले तारिफ पाउँछन् ।

पछिल्लो समय अनमोल केसीसँग नाम जोडिएका कारण पनि सारा चर्चामा छिन् । जुन चर्चा अघिल्ला फिल्म ‘पिंजडा ब्याक अगेन’ र ‘रुद्र’बाट पाइनन् ।

कमेडी जनरामा बनेको ‘सुश्री सम्पति’लाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । नेपाली कला पत्रकारिता र म्युजिक भिडियो निर्देशनमा आचार्यले सफलता पाइसकेका छन् । ‘अर्धकट्टी’ उनको निर्देशकीय डेब्यु फिल्म थियो ।

तस्विर: गूगल

प्रतिक्रिया दिनुहोस्