सलमान, सन्नीलाई उछिन्दै, यी सुन्दरी गूगलमा सर्वाधिक खोजिइन



रंगखबर, काठमाडौँ – वर्ष २०१८ ले केहि दिनमा विदा माग्दैछ । वार्षिकी सकिनै लाग्दा गूगलले भारतीय ट्रेन्डिङ सार्वजनिक गरेको छ । विभिन्न विधामा सार्वजनिक गरिएको ट्रेन्डिङ उत्कृष्ट १० को आधारमा तय गरिएको ।

यो वर्ष भारतमा सर्वाधिक खोजिने व्यक्तिको पहिलो नम्बरमा मलायलम अभिनेत्री प्रिया प्रकाश वारियर परेकी छन् । उनले भारतका सलमान खान, सन्नी लिओन र नरेन्द्र मोदीजस्ता व्यक्तित्वलाई पछाडी छोडेकी छन् । ‘ओरु अदार लभ’ गीतको भिडियोमा आखाँ झिम्क्याएपछि प्रिया एकाएक भाइरल भएकी थिइन् । त्यसपश्चात उनलाई भारतसँगै विश्वमै सर्वाधिक खोजी गरियो ।

भारतबाट सर्वाधिक खोजिने व्यक्तित्वको दोस्रो नम्बरमा अमेरिकन गायक निक जोनस छन् । साता अगाडी मात्र बलिउड अभिनेत्री प्रियंका चोपडासँग वैवाहिक जीवनमा बाँधिएका निकलाई सर्वाधिक खोजियो ।

सुचीको तेस्रो नम्बरमा स्टेज नृत्याङ्गना सपना चौधरी छिन । चौथों देखि १० औँ स्थानसम्म प्रियंका चोपडा, आनन्द अहुजा (सोनम कपूरका पति), सारा अलि खान, सलमान खान, अमेरिकन अभिनेत्री मेघान मार्कल, बिग बोस प्रतिस्पर्धि अनुप जलोटा र बोनी कपूर क्रमस छन् ।

 

यो वर्ष भारतमा विश्वकप फुटबल २०१८, गूगलमा सर्वाधिक खोजियो । त्यस्तै दोस्रो सर्वाधिक खोजिनेमा लाइभ स्कोर छ । भने तेस्रो नम्बरमा आइपिएल २०१८ रहेको छ ।

सर्वाधिक गूगल सर्च गरिएका

१) विश्वकप फुटबल -२०१८
२) लाइभ स्कोर
३) आइपिएल २०१८
४) कर्नाटका चुनावी नतिजा
५) बालवीर
६) बिग बोस
७) रोबोट २.०
८) एसिया कप -२०१८
९) मोटू पत्लु
१०) एसियन्स गेम्स -२०१८

प्रतिक्रिया दिनुहोस्