अन्जु पन्तले अभिनय गरेको पहिलो भिडियो सार्वजनिक



रंगखबर, काठमाडौँ – आधुनिक गायनकि लोकप्रिय गायिका अन्जु पन्तले  ‘‘तिमीलाई माया गर्छु..’’ बोलको गीत सार्वजनिक गरेकी छिन ।टेक तामाङको शब्द तथा अजुर्न पोखरेलको संगीत रहेको गीतको भिडियोमा गायिका अन्जु पन्त आफै‌ं फिचर भएकी छन्।

भिडियो हेर्नुस :

सार्वजनिक भिडियोमा सान थापाको निर्देशन, राजिभ समरको कोरियोग्राफी तथा अनिल के. मानन्धरको छायांकन रहेको छ। भिडियोलाई अन्जु पन्तको अफिसियल युट्युव च्यानलमार्फत बजारमा ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस्