फागुन १७ बाट ‘जात्रै जात्रा’ पोस्टपोन्ड



रंगखबर, काठमाडौँ – अभिनेता विपिन कार्कीको स्वास्थ अवस्था ठिक नहुँदा फिल्म ‘जात्रै जात्रा’को रिलिज डेट स्थगित गरिएको छ । फिल्मले फागुन १७ रिलिज डेट छायाँकन अगावै तय गरेको थियो । जुन मितिमा अनमोल केसी स्टारर ‘क्याप्टेन’ रिलिज हुँदैछ ।

विपिनको दुर्घटनामा परि खुट्टा भाचिएको थियो । स्वास्थ्यमा सुधार आउँन समय लाग्ने भएपछि ‘जात्रै जात्रा’ छायाँकन रोकिएको छ । निर्देशक प्रदीप भट्टराईले छायाँकन बाँकी रहेको कारण देखाउँदै पुर्वनिधारित समयमा फिल्म तयार नहुने जानकारी दिएका छन् ।

उनले स्टाटसमा लेखेका छन्

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्ममा विपिनसँगै दयाहाङ राई, रविन्द्र सिंह बानियाँ, रविन्द्रा झा, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धरलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा निर्देशककै लेखन, शिवराम श्रेष्ठको छायाँकन, शंकर महर्जनको एक्सन, कालीप्रसाद बाँस्कोटा/राजनराज सिवाकोटी/कृष्ण भारद्वाजको संगीत र मित्र डि गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्