‘२.०’ र ‘दिलबर’ सर्वाधिक खोजिएका फिल्म र गीत (सुचीसहित)



रंगखबर, काठमाडौँ – ‘गूगल्स इयर इन सर्च -२०१८’ अन्तर्गत गूगलले वर्ष २०१८ मा भारतबाट सर्वाधिक खोजि गरिएका फिल्म र गीतको लिस्ट सार्वजनिक गरेको छ ।

यस वर्ष ‘रोबोट २.०’लाई सर्वाधिक सर्च गरियो । गीत तर्फ भने पहिलो नम्बरमा ‘दिलबर दिलबर’ छ । फिल्म ‘सत्यमेव जयंते’मा समावेश गीत वर्ष भरि सर्वाधिक रुचाइएको गीतमा पर्छ ।

फिल्ममा ‘बाघी २’ र ‘रेस ३’ दोस्रो र तेस्रो स्थानमा छन् । यो वर्षका टप १० गीत मध्ये हिन्दी भाषामा पंजावी गीत हावी देखिएका छन् । उसो पंजावी गीतको बढ्दो लोकप्रियतालाई क्यास गर्न बलिउड फिल्मले अधिकाँस गीत पंजावीबाट रिमेक गर्ने गरेका छन् ।

सर्वाधिक खोजिने गीतको लिस्टमा ‘दारु बदनाम’ र ‘तेरा फितुर’ दोस्रो र तेस्रो स्थानमा छन् ।

१) दिलबर दिलबर (फिल्म सत्यमेव जयंते)
२) दारु बदनाम (पंजावी आधुनिक)
३) तेरा फितुर (फिल्म जिनियस)
४) क्या बात हे (पंजावी आधुनिक)
५) देख्ते देख्ते (फिल्म बत्ति गुल मिटर चालु)
६) दिल दिया गल्लन (फिल्म टाइगर जिन्दा हे)
७) लांग लाची (पंजावी आधुनिक)
८) बज सङ (हिन्दी आधुनिक)
९) डेस्पासितो (अंग्रेजी स्पेनिस)
१०) प्राडा (पंजावी आधुनिक)

त्यस्तै फिल्म तर्फको टप ५ मा ‘एभेन्जर्स: इन्फिनिटी वार’ र ‘टाइगर जिन्दा हे’ परेका छन् । ‘२.०’ ओभरअल गूगल सर्च गरिएको सुचीको ७ स्थानमा पनि परेको छ ।

१) रोबोट २.०
२) बाघी २
३) रेस ३
४) एभेन्जर्स: इन्फिनिटी वार
५) टाइगर जिन्दा हे
६) सन्जु
७) पद्मावत
८) ब्ल्याक प्यान्थर
९) धडक
१०) डेडपूल २

प्रतिक्रिया दिनुहोस्