‘प्रसाद’को मर्मस्पर्शी गीत ‘बरै क्यारी बाचौला’ रिलिज



रंगखबर, काठमाडौँ – प्रदर्शनरत फिल्म ‘प्रसाद’को स्याड भर्सन गीत सार्वजनिक भएको छ । ‘नेपाल आइडल – २’का टप ४ प्रतिस्पर्धि बिक्रम बरालले स्वर दिएको गीत मर्मस्पर्शी छ ।

‘बरै क्यारी बाचौला’ बोलको गीतमा सुवाष भुसालले शब्द/संगीत भरेका छन् ।  दिनेश राउत निर्देशित ‘प्रसाद’मा विपिन कार्की, नम्रता सापकोटा र निश्चल बस्नेतको मुख्य भूमिका छ ।

सबै तिरबाट तारिफ बटुलिरहेको ‘प्रसाद’को कथा सुशील पौडेलले लेखेका हुन् । सुभाष थापा निर्मित फिल्मले पहिलो साता देशभरबाट २ करोड माथि कलेक्सन गरेको रिपोर्ट छ ।

प्रतिक्रिया दिनुहोस्