‘दयारानी’मा दयाहाङ खराब पति, दीया दयालु पत्नी



रंगखबर, काठमाडौँ –  दयाहाङ राई स्टारर फिल्म ‘दयारानी’को फर्स्टलूक पोस्टर सार्वजनिक भएको छ । माओत्से गुरुङ निर्देशित फिल्मको पोस्टरमा दयासँगै दीया पुनको मुख्य भूमिका छ ।

‘गुरुङ समुदायमा दयालु र मायालु युवतीलाई ‘दयारानी’को नामले पुकार्ने गरिन्छ । यसमा ‘दयारानी’को भूमिकामा दीया छिन् ।’ निर्देशकले अगाडी थपे ‘यो खराब श्रीमान र असल श्रीमतीको कथा हो । जसलाई सुक्ष्म ढंगबाट प्रस्तुत गरेका छौँ ।’

फिल्म आगामी वर्षको जेठ १० गते प्रदर्शन हुँदैछ । सिनेमा आर्ट्स र माओत्से फिल्मको व्यानरमा निर्मित फिल्ममा शैलेन्द्रध्वज कार्कीको छायाँकन छ । केहि गुरुङ फिल्म निर्देशन र मेनस्ट्रिम फिल्ममा अभिनय गरिसकेका माओत्सेको यो मेनस्ट्रिम निर्देशकीय डेब्यु हो ।

प्रतिक्रिया दिनुहोस्