नाजिर र शिल्पाको ‘कागजपत्र’ चैतमा



रंगखबर, काठमाडौँ –  ‘झुम्की’ निर्देशक अपिल विष्ट निर्देशित फिल्म ‘कागजपत्र’को रिलिज मिति तय भएको छ । निर्माण पक्षले सार्वजनिक गरेको आधिकारिक पोस्टरमा चैत ८ प्रदर्शन मिति छापिएको छ ।

पोस्टरमा मुख्य कलाकार नाजिर हुसेन र शिल्पा मास्केसँगै भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई पनि स्थान दिइएको छ । ‘कागजपत्र’लाई निर्देशकले सोसियल कमेडी भनेका छन् ।

इपि एजुकेशन अष्ट्रेलिया प्रस्तुत फिल्म वर्ल्डवाइड फिल्मस र अस सिनेमाको व्यानरमा निर्माण भएको हो । फिल्मका निर्मातामा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटी छन् ।

बसन्त सापकोटाको संगीत, क्यासिमिर डिक्शनको छायाँकन तथा निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्