कंगना स्टारर ‘मनिकर्निका’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – कंगना रनाउत स्टारर फिल्म ‘मनिकर्निका – द क्विन अफ झाँसी’को ट्रेलर रिलिज भएको छ । ३ मिनेट १९ सेकेन्ड लामो ट्रेलरले दर्शकलाई बाँधीराख्छ ।

ट्रेलरमा ‘एक्टिङ क्विन’ कंगना पावरफुल देखिएकी छन् । उनि कंगना होइन एक योद्दा लाग्छिन् । ट्रेलरमा थुप्रै एक्सनका सिक्वेन्ससँगै युद्द इमोसनका दृश्यहरु पनि समावेश छन् । झाँसीकी रानी लक्ष्मीबाइको जीवनीमा आधारित फिल्ममा कंगनाको शिर्ष भूमिका छ ।

राधा कृष्ण जगर्लामुदी र कंगना निर्देशित फिल्मले १ सय ६० वर्ष पुरानो अंग्रेज र झाँसी राज्य युद्दको कथा भन्छ । फिल्ममा विविहेंद्र प्रसादको कथा/पटकथा र प्रसून जोशीको संवाद छ ।

२५ जनवरीमा रिलिज हुने फिल्ममा जिशु सेनगुप्ता, सुरेश ओबेरोइ, डेनी डेनजोङ्गप्पा, अंकिता लोखंडेलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्