‘न यता न उता’को ट्रेलर



रंगखबर, काठमाडौँ – कमेडी फिल्म ‘न यता न उता’ ट्रेलर रिलिज भएको छ । मिराज रोष र विशारद बस्नेत निर्देशित फिल्मको ट्रेलरमा कलाकारको भिड छ ।

४० देखि ५० वर्ष उमेर समुहमा दुई पात्रले त्यस उमेरताका भोग्ने रहर र समस्यालाई फिल्मले प्रस्तुत गरेको छ । ‘यो विवाह हन्टिङको कथा जस्तै हो । जो विवाहको लागि लण्डनबाट युवती खोज्दै नेपाल आउनु हुन्छ ।’ फिल्मकी मुख्य कलाकार ऋचा शर्माले भनिन् ।

फिल्ममा ऋचासँगै छुल्ठिम गुरुङ, समिर दिक्षित, मिराज रोष, बुद्दि तामाङ, रविन्द्र झा, नम्रता सापकोटा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणि नेपाल, जीवन भट्टराई, किरणराई लगायतका कलाकारको अभिनय छ ।

माघ २५ गते रिलिज हुने फिल्ममा मिराज रोषको कथा/पटकथा, अरोन अशोककुमारको छायाँकन, अभिमन्यु निरवीको संवाद र ओम गुरुङ रीना लामको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्