सुरुवातमै धर्मरायो साराको करिअर



रंगखबर, काठमाडौँ – ‘रुद्र’ डेब्यु गर्ल सारा शिर्पालीलाई सम्भावना भएकी अभिनेत्रीको रुपमा व्याख्या गरिएपनि सफलता पाउन सकेकी छैनन् ।

‘रुद्र’ व्यावसायिक र समिक्षात्मक रुपमा असफल भयो । डेब्यु अनुहार स्वरुप साराले आगामी दिनमा अभिनयबाट दर्शक रिझाउन सक्ने अनुमान गरियो । दोस्रो फिल्म ‘पिंजडा ब्याक अगेन’ले सारालाई व्यवसायिक सफलता दिने अनुमान गरिएको थियो । ठिक उल्टो नजिता आइदियो । न त समिक्षकले फिल्मको तारिफ गरे । न त बक्सअफिसका सिट नै भरिए ।

तेस्रो फिल्म ‘सुश्री सम्पति’ साराको करिअरका अर्को असफल र नराम्रो फिल्म साबित भयो । फिल्मले मल्टीप्लेक्समा पहिलो ‘विकडेज’को यात्रा पनि तय गर्न सकेन । ९८ प्रतिशत मल्टीप्लेक्सबाट ‘विकेन्ड’मै फिल्म उत्रियो । त्यस्तै हाल सिंगल तिर पनि रह्यो । यसै साता रिलिज भएको फिल्म हलमा भेटिन गाह्रो छ ।

अघिल्ला फिल्ममा अभिनयबाट केहि तारिफ बटुलेकी सारालाई ‘सुश्री सम्पति’ले कुनै पक्षबाट फाइदा दिएन । संख्या बढाउनुको अलावा । फिल्ममा उनको भूमिका, स्पेस र अभिनय फिक्का छ ।

तीन फिल्म रिलिज भैसक्दा नपाएको चर्चा सारालाई, अनमोलसँगको प्रेम सम्बन्धले दिलायो । उनि लाइमलाइटमा आइन । अब अनमोलसँग जोडिएको नाम छुट्टिनु र राम्रा फिल्म नपाउनु साराको लागि ठुलो दुर्घटना सरह हुनेछ ।

तस्विर: गूगल

प्रतिक्रिया दिनुहोस्