‘भिलेन’ ट्रेलर: निखिलसँग निशा, शिल्पा कस्की ?



रंगखबर, काठमाडौँ – निखिल उप्रेती, शिल्पा पोखरेल स्टारर फिल्म ‘भिलेन’को ट्रेलर रिलिज भएको छ । एक्सन जनराको फिल्ममा पहिलो पटक निखिल र शिल्पाले स्क्रिन शेयर गरेका हुन् । दुवै जना मधेसी अवतारमा प्रस्तुत छन् ।

निखिलले आफुलाई एक्सन स्टारको रुपमा स्थापित गरिसकेका छन् । शिल्पाले पनि केहि एक्सन फिल्म खेलिसकेकी छन् । तर, ‘भिलेन’मा भने शिल्पालाई सोझी युवतीको रुपमा देख्न सकिन्छ । ट्रेलरमा निशा अधिकारीको झल्को पनि अटाइएको छ ।

देवेन्द्र पाण्डे निर्देशित फिल्ममा निखिल, शिल्पा र निशा अधिकारीका अलावा कपिल खत्री, अविनाष न्यौपाने पनि मुख्य भूमिकामा छन् । पुष २७ गते रिलिज हुने फिल्मलाई द ग्लोबल पिक्चर्स प्रालिको ब्यानरमा बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् ।

कपिल खत्रीको प्रस्तुति रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा/मदन कश्यप घिमिरेको छायाँकन, मिलन श्रेष्ठ/साहिल खानको सम्पादन, बसन्त सापकोटा/बाबुल गिरी/लाल कुमार बरालको संगीत, शुक्रराज शाहको एक्सन र दीपेन्द्र तिमिल्सिना/दीपक श्रेष्ठको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्