‘गरुड पुराण’को हँसाउने ट्रेलर



रंगखबर, काठमाडौँ – ब्याण्ड बाजा समुहको कथा ‘गरुड पुराण’को ट्रेलर रिलिज भएको छ । सुवाष कोइराला निर्देशित फिल्मको ट्रेलर पूर्णत: कमेडी छ ।

तीन मिनेट लामो ट्रेलर रमाइलो बनेको छ । फिल्ममा नाजिर हुसेन, कर्मा शाक्य, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरसिया, प्रविन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, लूनिभा तुलाधर, बसन्त भट्ट, कृष्णभक्त महर्जन, जान्वी बोहरालगायतका कलाकारको अभिनय छ ।

माघ ४ मा रिलिज हुने फिल्मलाई अजित प्रजापति र अशोक गौतमले निर्माण गरेका हुन् । फिल्मको सहनिर्माता स्वरुप हाइलाइट्स नेपाल र आवाना प्रोडक्सनले सहकार्य गरेका छन् ।

‘गरुड पुराण’को कथा कसम नेपालले लेखेका हुन् । भने, पटकथामा सुवाष कोइराला, बिनोद खतिवडा र आकाश बराल छन् । आकाशले नै फिल्मको संवाद तयार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्