सुशान्त र अफ्सनाको ‘रुमालै छ चिनो’ ट्रेलर



रंगखबर, काठमाडौँ – सेनाको प्रेमकथामा आधारित फिल्म ‘रुमालै छ चिनो’को ट्रेलर रिलिज भएको छ । फिल्ममा सुशान्त कार्की मुख्य भूमिकामा छन् ।

दिनेश सिंह ठकुरी निर्देशित फिल्ममा संचिता लुइँटेल, किशोर खतिवडा, अफ्सना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डितलगायतका कलाकारको पनि अभिनय छ ।

चन्द्र बहादुर खड्काले निर्माण गरेको फिल्म फागुन १० गते रिलिज हुनेछ । फिल्ममा अर्जुन पोखरेल/बाराही कार्कीको संगीत, बिनोद सापकोटा छायाँकन, सम्राट बस्नेतको एक्सन र शिव थारुको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्