‘आप्पा’को गीतमा छाए दयाहाङ



रंगखबर, काठमाडौँ – दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘हावा सरर…’ बोलको गीतमा दयाहाङ ट्याक्सी ड्राइभरको भूमिकामा फिट देखिएका छन् ।

अनमोल गुरुङ संगीतवद्द गीत पहाडी परिवेशमा छायाँकन गरिएको । उमेश उपमाले शब्द सृजना गरेको गीतको भिडियो सान्दर्भिक लाग्छ । योज्ना प्रधानले कोरियोग्राफी गरेको भिडियोले हेरुञ्जेल आनन्द दिन्छ । गीतमा थुप्देन भुटिया र स्नेहाश्री थापाको स्वर छ ।

बाबु-छोराको कथा समेटिएको फिल्ममा दया शिर्ष भूमिकामा छन् ।  फिल्ममा दयालाई ट्रक ड्राइभर र पिताको भूमिकामा देख्न सकिनेछ । यसका अलावा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना काबो लेप्चा र सिद्धार्थराज तामाङले ‘आप्पा’मा अभिनय गरेका छन् । अनमोल गुरुङ निर्देशित फिल्म जेठ २४ मा रिलिज हुनेछ ।

रुदेन सादा लेप्चा र माबो हाङले निर्माण गरेको फिल्म नेपाल रिलिजको एक साता पश्चात भारतमा पनि प्रदर्शन गर्ने बताइएको छ । निर्देशककै कथा रहेको फिल्मलाई शैलेन्द्र डी कार्कीले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्