घट्दो लोकप्रियता र बढ्दो बुढ्यौलीले आर्यनको ट्रयाक चेन्ज !



रंगखबर, काठमाडौँ – पछिल्लो समय बक्सअफिसमा सुस्ताएका अभिनेता आर्यन सिग्देल कहिँ न कहिँबाट लाइमलाइटमा आउने योजनामा छन् । कहिले रेखा थापासँगको कमब्याक त कहिले साम्राज्ञी राज्यलक्ष्मी शाहसँग पेयरिङ । आर्यनले यो गुम्दै गएको स्टारडममा बचाउन खोजेको प्रयास थियो ।

तर, सफलता हात परेन । अब बिकाशराज आचार्यको फिल्म ‘हजार जुनीसम्म’मा उनि पिताको भूमिकामा देखिँदैछन् । करिअरमा यो भूमिका आर्यन पहिलो पटक निर्वाह गर्दैछन । हुनत, फिल्म ‘होमवर्क’मा उनि पिताको भूमिकामा देखिसकेका छन् । तर, त्यहाँ उनि पिता-छोराको दोहोरो भूमिकामा पर्दापण भएका थिए ।

  ‘हजार जुनीसम्म’मा आर्यनको लूक्स

‘हजार जुनीसम्म’मा भने उनि डेब्यु कलाकार अक्की प्रधानको पिताको भूमिकामा देखिँदैछन् । चलेका कलाकार सकेसम्म ‘क्यारेक्टर रोल’मा प्रस्तुत हुन् चाहदैनन् । बढ्दो बुढ्यौलीपन र घट्दो लोकप्रियताले आर्यन ट्रयाक चेन्ज गर्न बाध्य छन् ।

‘हजार जुनीसम्म’ भिन्न भूमिकामा देखिन लागेको बताउने आर्यनले लूक्स लुकाउदै आएका थिए । पोखराको एक होटल कर्मचारीले लूक्स सार्वजनिक गरिदिए पछि, आर्यनलाई ‘बालुवामा पानी खन्याए’सरह भएको छ । उनले दर्शकलाई दिन चाहेको सरप्राइज तुहिएको छ ।

आर्यन लिडमा चल्न छोडिसकेका छन् । ‘हजार जुनीसम्म’को भूमिका दर्शकले मन पराएमा, उनलाई यस्तैखाले भूमिकाको अफर आउन सक्छ । होइन भने आर्यनलाई झनै सकस नपर्ला भन्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस्