प्रियंकाको गायकीमा ‘अनागत’ गीत



रंगखबर, काठमाडौँ – अभिनेत्री प्रियंका कार्की अभिनयसँगै गायकीमा पनि कहिले काहिँ समय दिन्छिन । बजारमा उनको स्वरका केहि गीत सार्वजनिक भैसकेका छन् । यसै बीच प्रियंकाको स्वरमा फिल्म ‘अनागत’को गीत सार्वजनिक गरिएको छ ।

‘कसलाई पोखुँ’ बोलको गीतमा प्रियंकासँगै सुरजसिंह ठकुरीको स्वर छ । गीतको भिडियोमा प्रियंका र अर्पण थापा प्रस्तुत छन् । गीतको माध्यमबाट श्रीमान-श्रीमतीमा उब्जने मानसिक समस्यालाई पर्दापण गर्न खोजिएको छ ।

सुरजसिंह ठकुरीले नै म्युजिक कम्पोज गरेको गीतमा साम्तेन भुटियाले शब्द सृजनामा सघाएका छन् । साम्तेन भुटिया निर्देशित ‘अनागत’ २ वर्ष अगाडी नै निर्माण भएको थियो । रिलिजको लागि लामो बाटो तय गरेको फिल्म अब माघ ११ मा सार्वजनिक हुनेछ । फिल्मको टिजर पनि सार्वजनिक भैसकेको छ ।

सस्पेन्स थ्रिलर फिल्ममा प्रवीण खतिवडा, रोजिन सुवेदी, अरुण रेग्मी, सम्राट थापा, अनु शर्मा, मेधा, बुशल कुमार क्षेत्रीको पनि मुख्य भूमिका छ । फिल्मलाई समीर उपाध्याय, छिरिङ लामु शेर्पा, चन्द्र कुमार झा र निर्देशक स्वयमले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्