‘सुनकेसरी’ निर्देशकले हरर फिल्म ‘घर’ निर्देशन गर्ने



रंगखबर, काठमाडौँ – नेपालमा हरर फिल्म त्यति बन्दैनन् । जति बन्छन सबैले हावा खाएका छन् । त्यसमध्येको एक हो ‘सुनकेसरी’ । जुन फिल्मलाई अर्पण थापाले निर्देशन गरेका थिए ।

ट्रेलरमा देखाइएको दृश्यले गर्दा ‘सुनकेसरी’ले राम्रो हाइप बनायो । फिल्म हलमा पुगेपछि दर्शक तर्सिने भन्दा पनि हाँस्दै निस्किए । जनरा अनुसारको फिल्म नभएपछि ‘सुनकेसरी’ले बक्सअफिसमा पनि लय गुमायो । सुरुवाती राम्रो व्यापार गरेको फिल्मले लाइफटाइममा नत लगानी सेभ गर्यो, नत दर्शकको गालि खानबाट बच्यो ।

‘सुनकेसरी २’ घोषणा गरिसकेका निर्देशक थापाले पुन: हरर जनरामा नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । शर्मिला पाण्डेले निर्माण गर्ने फिल्मको नाम ‘घर’ हो । एउटा घर भित्र हुने घटनालाई फिल्मले सस्पेन्स मार्फत भन्ने निर्देशकले बताए । ‘यो फिल्मले दर्शकलाई तर्साउने छ ।’ थापाले थपे ।

फिल्मको कथासमेत लेखेका अर्पण अभिनयका लागि फाइनल भएका कलाकार हुन् । ‘घर’को लागि २ अभिनेत्रीको खोजी भैरहेको छ । माघबाट फ्लोरमा जाने फिल्मलाई डिएस डिजिटलको व्यानरबाट निर्माण गरिनेछ । फिल्मको सहनिर्मातामा सन्तोष अधिकारी छन् ।

प्रतिक्रिया दिनुहोस्