एउटीलाई मुटुमा, अर्कीलाई कलेजीमा राख्ने मनिषको धोको !



रंगखबर, काठमाडौँ – फिल्म ‘जानी नजानी’को पहिलो गीत सार्वजनिक भएको छ । लोक फ्लेवरको डान्सिङ नम्बरमा कलाकार मनिष श्रेष्ठ र सुमी मोक्तानले कम्मर मर्काएका छन् ।

अर्जुन पोखरेल र दुर्गा खरेलले स्वर भरेको गीतमा अर्जुन स्वयमको संगीत छ । गीतको शब्द अम्बिका शर्माले कोरेकी हुन् । भने, कोरियोग्राफीमा कविराज गहतराज छन् ।

रोशनी इन्टरटेनमेन्टको व्यानरमा रोशनी केसी प्रस्तुतकर्ता रहेको फिल्मलाई सागर काजि माली र मोदनाथ खनालले निर्माण गरेका हुन् । सामिप्यराज तिमिल्सिनाले लेखेको लभस्टोरी फिल्ममा बसन्त अधिकारीको निर्देशन छ ।

चैत १ गते रिलिज हुने फिल्ममा मनिष र सुमीसँगै निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्