‘गोपी’ ट्रेलर हेर्नुस, कविता प्रतियोगितामा भाग लिनुस



रंगखबर, काठमाडौँ – माघ १८ गते रिलिज हुने फिल्म ‘गोपी’ले प्रचारका लागि नयाँ तरिका ल्याएको छ । फिल्मको ट्रेलर हेरेका दर्शकसँग सम्बन्धित रहेर निर्माण पक्षले कविता प्रतियोगिता आव्हान गरेको छ ।

स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविताले प्रथमका हुँदा ३० हजार,  द्वितीय हुँदा २० हजार र तृतीय हुँदा १० हजार नगत पुरस्कार हात पार्नेछन् । विश्वका जुनसुकै स्थानबाट पनि सहभागिता जनाउन सकिने प्रतियोगितामा उमेरको कुनै हदबन्दी छैन । प्रतियोगिताको लागि समयसिमा माघ ७ सम्मलाई तोकिएको छ ।

माघ दोस्रो साता कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले उत्कृष्ट तीन कविता छनोट गर्नेछन् ।

आरोही इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘गोपी’लाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्ममा सामिप्यराज तिमिल्सिनाको पटकथा छ । विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्त फिल्मका मुख्य कलाकार हुन् ।

आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याललगायतले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्