चोपेन्द्रलाई डेटिङ लैजाने मूडमा स्वस्तिमा



रंगखबर, काठमाडौँ – दुई साता अगाडी यात्राका क्रममा भेट भएका कलाकार स्वस्तिमा खड्का र मुकुन भुसाल अर्थात चोपेन्द्र अब अलि नजिक बनेका छन् ।

उनिहरुलाई प्रस्तुत गरिएको फिल्म ‘बुलबुल’बाट दोस्रो टिजर सार्वजनिक गरिएको छ । अघिल्लो टिजरमा दुवै जनाले परिचय गरेका थिए । दोस्रोमा डेटिङसम्मको कुरा गर्न भ्याएका छन् । पश्चिमेली (अर्घाखाँची) जिल्लातिरको लवजमा बोल्ने चोपेन्द्रले टिजरलाई रसिलो बनाएका छन् ।

बिनोद पौडेल निर्देशित फिल्ममा स्वस्तिमा टेम्पो चालकको भूमिकामा छिन् । उनको अपोजिटमा मुकुन छन् । एक गीत र दुई टिजर सार्वजनिक हुँदासम्म ‘बुलबुल’ले दर्शकको मन जित्दैछ ।

फागुन ३ मा रिलिज हुने फिल्ममा जोएस पाण्डे, लक्ष्मी वर्देवा, दीपक क्षेत्री, उज्जल अधिकारी एलिना कार्कीलगायतले पनि अभिनय गरेका छन् ।

अविरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डे निर्मित फिल्ममा सुशन प्रजापतिको छायाँकन, कोशिस क्षेत्रीको संगीत र अनिमेष सापकोटाको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्