गाइ पाल्दा दु:खमा विपिन



रंगखबर, काठमाडौँ – विपिन कार्की स्टारर फिल्म ‘गोपी’को दोस्रो गीत सार्वजनिक भएको छ । कल्याण सिंहद्वारा संगीतवद्द ‘तेरो आफ्नो’ बोलको गीतले स्वाभिमानी, देशभक्तिका आशय व्यक्त गर्छ ।

गीतमा विपिनले गाइ पालन गर्दा भोग्नु परेका संघर्ष र पिडाहरुलाई प्रस्तुत गरिएको छ । विप्लप प्रतिकले शब्द कोरेको गीतलाई शिव परियारले गाएका छन् ।

दीपेन्द्र लामा निर्देशित ‘गोपी’ले देशमै गाइ पालेर जीविकोपार्जन गर्न खोज्ने युवाको कथा बोल्छ । सारा युवा रोजगारका लागि विदेशीदाको जोखिम पूर्ण अवस्थामा ‘गोपी’को कथाबस्तुले सकारात्मक संदेश प्रवाह गर्ने आशा गरिएको छ ।

आरोही इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मलाई आरोही केसीले निर्माण गरेकी हुन् । फिल्ममा विपिनसँगै सुरक्षा पन्त, वर्षा राउत, भोला सापकोटा, अंकीत खड्का, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय छ ।

माघ १८ गते रिलिज हुने फिल्मका कार्यकारी निर्माता संचारकर्मी श्रीधर अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्