कादर खानको निधन अफवाह, छोराले दिए जानकारी



रंगखबर, काठमाडौँ – वर्ष २०१८ को अन्तिम दिनमा भेट्रान कलाकार कादर खानको निधन सम्वन्धि आएका खबरलाई छोरा सर्फराजले खण्डन गरेका छन् । उनका अनुसार क्यानडाको एक हस्पिटलमा कादरको उपचार भैरहेको छ । तर, उनिको स्वास्थ्य अवस्थामा सुधार आएको छैन ।

निधन सम्बन्धि खबरलाई खण्डन गर्दै (पिटीआइ)सँग सर्फराज भनेका छन् ‘यो खबर गलत हो । मेरो पिता अस्पतालमा हुनु हुन्छ ।’ कादरलाई अहिले श्वासप्रस्वासमा अफ्टेरो भैरहेको छ । चिकित्सकले रेगुलर भेन्टिलेटरबाट हटाएर कादरलाई (BiPAP) भेन्टिलेटरको सहारा दिइरहेका छन् ।

कसरि फैलियो मृत्युको खबर ?

कादरको निधनको खबर अल इन्डिया रेडियोको ट्वीटर ह्यान्डलबाट बाहिरिएको थियो । यहि खबरलाई आधार मान्दै कयौँ अनलाइन पोर्टलले निधनको खबर सम्प्रेसन गरे । त्यसपश्चात सोसल मिडियामा कादरको झुटो मृत्युको खबर भाइरल भैरहेको छ ।

बलिउडका ३०० बढी फिल्ममा काम गरेका कादर स्क्रिप्ट राइटर पनि हुन् । यसभन्दा अगाडी पनि कादरको मृत्युको अफवाह फैलिएको थियो । पछि कादर आफैले ‘म जिउँदै छु’ भनेर खबरको खण्डन गरेका थिए ।

आजतकको सहयोगमा

प्रतिक्रिया दिनुहोस्