पृथ्वीदेखि चन्द्रमासम्मको जग्गा बेच्नसक्ने – रविन्द्र झा !



रंगखबर, काठमाडौँ – कमेडी फिल्म ‘चौका दाउ’ प्रचारको व्यग्रतामा छ । कलाकारसहित निर्माण टिमनै प्रचारमा लागि परेका छन् । दर्शकसँग अन्तरक्रिया गर्नलाई कलाकारले रमाइला किस्साहरु सुनाइरहेका छन् ।

यसैबीच फिल्मका मुख्य पात्र रविन्द्र झाले वरिष्ट कलाकार सन्तोष पन्तसँग स्क्रिन शेयर गर्ने हुटहुटी ‘चौका दाउ’ले पुरा गरिदिएको बताएका छन् । उनि स्कुले जीवनदेखि नै सन्तोषका फ्यान थिए । टेलिसिरियल ‘हिजो आजका कुरा’ हेरेर सन्तोषको अभिनय आफुमा रुपान्तर गर्थ्ये ।
उनले भने ‘चौका दाउ’ले म जसको फ्यान थिए, उहाँसँग काम गर्ने धोको पुरा गरिदिएको छ । पहिले त अलि डर लागेको थियो । नर्भस पनि थिए । उहाँको छिट्टै नजिक हुने बानीले मलाई दोस्रो दिनदेखि काम गर्न सहज भयो ।’

रविन्द्रले फिल्म भित्रको आफ्नो पात्रका बारेमा पनि खुलस्त पारे । उनि जग्गा प्लटिङ गरेर बेच्ने व्यापारीको भूमिकामा छन्,‘जग्गाको मानमा पृथ्वीमात्र हैन, चन्द्रमा समेत प्लटिङ गरेर बेच्न पछि पर्न बेर लाउदैनन । उनि अगाडी थप्छन ‘जे भए पनि मैले निर्वाह गरेको भूपतिको रोलबाट दर्शकले मनोरञ्जनसँगै जग्गा दलालीको फन्दाबाट कसरी बच्ने भन्नेबारे पनि जानकारी लिन सक्नु हुनेछ ।’

पूर्णेन्दु झा निर्देशित फिल्ममा रविन्द्र र सन्तोषसँगै वर्षा राउत, तैयब शाह, विल्सन बिक्रम राई र अजश्र ढुँगानाको मुख्य भूमिका छ । सौर्यजीत बाँस्कोटा र मनोज राजभण्डारीले निर्माण गरेको फिल्ममा शम्भुजित बाँस्कोटाको परिकल्पना, कथा र संगीत छ ।

पाँच पुरुष र एक युवतीको वरिपरि घुम्ने ‘चौका दाउ’ पुष २७ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्