‘पिरतीको मिठो तिर्सना’ रिमेक सार्वजनिक



रंगखबर, काठमाडौँ – सुपरहिट गीत ‘पिरतीको मिठो तिर्सना’को रिमेक सार्वजनिक भएको छ । फिल्म ‘बिर बिक्रम २’मा समावेश गीतमा पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटीले कम्मर मर्काएका छन् । फिल्म ‘देउता’को ओर्जिनल गीतमा राजेश हमाल र सिर्जना सुब्बा फिचर्ड थिए ।

गीतमा रन्जीत गजमेरको संगीत छ । भने, गायकीमा ताराप्रकाश लिम्बु र मेलिना राई छन् । ओर्जिनल भर्सनमा भने इन्द्रजीत मिजार र भारती घिमिरे स्वर दिएका थिए । गीतको शब्द सिर्जना कुसुम गजमेर र तुलसी घिमिरे गरेका हुन् । रिमेक भर्सनको कोरियोग्राफी भने कविराज गहतराजले सम्हालेका छन् ।

मिलन चाम्स निर्देशित फिल्ममा पल, नाजिर, र वर्षासँगै बुद्दि तामाङ, देशभक्त खनाल, बिनिशा भण्डारी, मनोज केसीलगायतका कलाकारको अभिनय छ ।

प्रदीप भारद्वाजले लेखेको फिल्ममा बनिष शाहको सम्पादन, नवराज उप्रेतीको छायाँकन, हिमाल केसीको एक्सन र रन्जीत गजमेर/तारा प्रकाश लिम्बु/राजनराज सिवाकोटीको संगीत छ । रिलिज मिति तय नभैसकेको फिल्ममा अर्पण सापकोटाले निर्माणमा निर्देशक चाम्सलाई सघाएका छन् ।

प्रतिक्रिया दिनुहोस्