बजेट कम, पटकथामा दम ‘जय श्री दाम’



रंगखबर, काठमाडौँ – पुष २० मा रिलिज हुने फिल्म ‘जय श्री दाम’को प्रिमियर सम्पन्न भएको छ । रिलिजको पुर्वसन्ध्यामा केहि राजनीतिक व्यक्ति, कलाकर्मी र पत्रकारले विहिबार फिल्म हेरे ।

काँग्रेस नेता गगन थापा, विवेकशिल साझा पार्टीबाट रन्जु दर्शना, निर्देशक रामबाबु गुरुङ, प्रदीप भट्टराई, अमरदीप सापकोटा, लक्ष्मण सुवेदी, कलाकार जेविका कार्की, विनोद न्यौपाने, अमृत ढुंगाना, राजन खतिवडा, मरिश्का पोखरेल, रिस्ता बस्नेतलगायत उपस्थित थिए ।

विप्लप उप्रेती निर्देशित फिल्मलाई हेरेका जतिले मन पराए । फिल्मको मजबुत प्वाइन्ट पटकथालाई मानियो । न्यून बजेटमा राम्रो फिल्म बनेको अधिकाँसले प्रतिक्रिया दिए । ‘मनोरंजन सलल बगेको छ । तर, सामाजिक संदेश छैन । फिल्म राम्रो बनेको छ ।’ रन्जु दर्शनाले भनिन ।

निर्देशक तर्फको टोलिले पनि फिल्मको सरल पटकथा, कलाकारको अभिनय र निर्देशकको इमान्दारीलाई नोटिस गरे । निर्देशक बिना गीत फिल्ममा रोमान्स र प्रेमलाई बगाएका छन् । जुन पक्षले दर्शकको मन जित्छ ।

जेविका कार्की, विनोद न्यौपाने, अमृत ढुंगाना, राजन खतिवडा अभिनित फिल्म पैसाको आवश्यकता, आर्जन र परिपूर्ति वरिपरि घुम्छ ।

फिल्ममा बिप्लप/अमरदीप सापकोटाको पटकथा, मित्र डी गुरुङको सम्पादन, रविन आचार्यको डिओपी, नवराज उप्रेतीको छायाँकन र सुशान्त गौतमको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्