‘गरुड पुराण’मा कर्माको वृद्द र युवा अवतार



रंगखबर, काठमाडौँ – फिल्म ‘गरुड पुराण’को ट्रेलर रिलिज अगाडी त्यति चर्चा थिएन । ट्रेलर रिलिज पश्चात भने फिल्मलाई लिएर सम्भावनाका अड्कलहरु काटिन थालिएका छन् । कारण, मसलेदार कमेडी ट्रेलर ।

पछिल्लो समय हास्य फिल्म नाम मात्रका बनिरहेका छन् । यस्तैमा ‘गरुड पुराण’ले बक्सअफिसका लागि केहि सम्भावना केहि देखाएको छ । तर, यसै भन्न सकिने अवस्था छैन । आजभोलि दर्शकलाई कमेडीले रुवाउन थालेको छ ।

रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले फिल्मबारे एक रोचक कुरा सार्वजनिक गरेको छ । फिल्मका मुख्य कलाकार कर्मा शाक्यलाई ‘गरुड पुराण’मा दोहोरो भूमिकामा देख्न सकिन्छ । उनि २५ वर्षे पुरुष र ६० वर्षे वृद्दको अवतारमा छन् ।

२५ वर्षे युवक लभरव्वायको भूमिकामा छ भने, ६० वर्षे वृद्द प्रौढ व्यक्तिको भूमिकामा देख्न सकिन्छ । कर्मालाई दिइएका दुइ पात्रमा उनले राम्रो काम गरेको निर्देशक सुवास कोइरालाले बताए ।

फिल्ममा नाजिर हुसेन, कर्मा शाक्य, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरसिया, प्रविन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, लूनिभा तुलाधर, बसन्त भट्ट, कृष्णभक्त महर्जन, जान्वी बोहरालगायतका कलाकारको अभिनय छ ।

माघ ४ मा रिलिज हुने फिल्मलाई अजित प्रजापति र अशोक गौतमले निर्माण गरेका हुन् । फिल्मको सहनिर्माता स्वरुप हाइलाइट्स नेपाल र आवाना प्रोडक्सनले सहकार्य गरेका छन् ।

‘गरुड पुराण’को कथा कसम नेपालले लेखेका हुन् । भने, पटकथामा सुवाष कोइराला, बिनोद खतिवडा र आकाश बराल छन् । आकाशले नै फिल्मको संवाद तयार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्