‘कपिल शर्मा शो’मा कपिलको पारिश्रमिक यतिसम्म कम



रंगखबर, काठमाडौँ – साल २०१८ को अन्त्यसँगै भारतीय हास्यकलाकार कपिल शर्माले ‘द कपिल शर्मा शो’ दोस्रो सिजन प्रशारणमा ल्याए । यसअघिको कमेडी शो ‘फ्यामिली टाइम विथ कपिल शर्मा’ फ्लप भएपछी कपिलको लोकप्रियता पनि खस्केको छ ।

त्यसैले दोस्रो सिजनको चर्चा त्यति छैन । यो शोमा कपिलले एकदमै न्यून पारिश्रमिकमा काम गरिरहेका छन् । भारतीय मिडियाका अनुसार कपिललाई एक विकेन्ड एपिसोडको १५ देखि २० लाख पारिश्रमिक मिलिरहेको छ । यो रकम अघिल्लो शोको करिब तीन गुणा बढी कम हो ।

‘फ्यामिली टाइम विथ कपिल शर्मा’ होस्ट गर्दा उनले ६० देखि ७० लाख बीच प्रत्येक एपिसोड लिन्थ्ये । अहिले कम पारिश्रमिक मिल्नुमा उनको खस्कदो लोकप्रियता बताइएको छ ।

सन् २०१७ मा रिलिज भएको फिल्म ‘फिरंगी’ बक्सअफिसमा डुबेपछि कपिल फस्ट्रेड भएका थिए । त्यसैमा बडो धुमधामका साथ प्रशारण गरिएको ‘फ्यामिली टाइम विथ कपिल शर्मा’ फ्लप भएपछी,  केहि समयका लागि उनि मिडियाबाट टाढा रहे ।

२०१८ को अन्त्यमा वैवाहिक जीवनमा बाँधिएका कपिल बिस्तारै तनावबाट थिग्रिदै छन् ।

प्रतिक्रिया दिनुहोस्