अनमोलले ‘ब्याचलर बन्टी’ नगर्ने



रंगखबर, काठमाडौँ – अनमोल केसीले पहिलो पटक साइन गरिसकेको फिल्म छाडेका छन् । केहि समय अगाडी मिलन चाम्सले निर्देशन गर्ने ‘ब्याचलर बन्टीमा अनमोल फाइनल भएका थिए । घोषणा भएको लामो समयसम्म पनि फ्लोरमा जाने-नजाने दोधार भएपछी अनमोलले फिल्मबाट हात झिकेका हुन् ।

अनमोलले भने फिल्मको भूमिकामा आफु फिट नहुने देखेपछि ‘ब्याचलर बन्टी’ छोड्नु परेको बताएका छन् । निर्माण पक्षसँग उनले आपसी समझदारीले फिल्म छोडेको बुझिएको छ । अनमोलले यो फिल्म ४० लाख बढी पारिश्रमिकमा साइन गरेको हल्ला छ । त्यसबाटको १० लाख साइनिङ रकम छिट्टै नै फिर्ता गर्नेछन् ।

अहिले फिल्म ‘ए मेरो हजुर ३’को अन्तिम सेड्युलको छायाँकनको तयारि गरिरहेका अनमोलको फागुन १७ मा ‘क्याप्टेन’ रिलिज हुँदैछ ।

अनमोलले ‘ब्याचलर बन्टी’बाट हात झिकेपछि पल शाहको इन्ट्री हुन् सक्ने सम्भावना प्रवल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्