अरु थाहा छैन, मेरो पारिश्रमिक मिडियामा आए जति नै !



रंगखबर, काठमाडौँ – पछिल्लो समय नेपाली कलाकारले महँगो पारिश्रमिक लिएको खबरहरु सुनिन्छन । कतिले पाएको पारिश्रमिकलाई बढाएर मिडियामा प्रचारबाजी गरेको आरोप पनि थेगिरहेका छन् । अनमोल केसीले ५० र प्रदीप खड्काले ४० लाख पारिश्रमिक बुझेको खबरलाई कति मेकरले झुटो दावी पनि गर्दै आइरहेका छन् ।

के कलाकारलाई दिने पारिश्रमिक र मिडियामा सार्वजनिक हुने पारिश्रमिकमा भिन्नता छ ? सोमबार ‘हृदय भरी’का मुख्य कलाकार पल शाहलाई यहिँ प्रश्न सोधियो । पलले मिडिया सार्वजनिक भएजति नै पारिश्रमिक बुझेको जानकारी दिए ।

उनले भने ‘अरुले कति पारिश्रमिक लिनु हुन्छ ?, कति सार्वजनिक गर्नु हुन्छ ?, त्यो त मलाई थाहा भएन । तर, मैले जति पारिश्रमिक लिइरहेको छु, त्यति नै मिडियामा सार्वजनिक हुन्छ ।’ पलले ‘हृदय भरी’का लागि २० लाख पारिश्रमिक बुझेको खबर छ ।

सुरज सुब्बा नाल्बोले निर्देशन गर्ने ‘हृदय भरी’मा पलले श्रद्दा क्षेत्रीसँग जोडी बाँध्दै छन् ।

प्रतिक्रिया दिनुहोस्