समर लभ ट्रेलर: एक थोकको प्रेमले, सब थोक लिएर जान्छ



रंगखबर, काठमाडौँ – साहित्यकार सुबिन भट्टराईको लोकप्रिय उपन्यास ‘समर लभ’मा आधारित फिल्मको ट्रेलर रिलिज भएको छ । मुस्कान ढकाल निर्देशित फिल्मको ट्रेलरमा प्रेम, रोमान्स र बिछोडका दृश्य भरिभराउ छन् ।

फिल्ममा डेब्यु कलाकार आशिष पियाले अतितमको भूमिका निर्वाह गरेका छन् । भने, रेवती क्षेत्री सायाको भूमिकामा छिन् । ट्रेलरमा नम्रता सापकोटा, शिशिर भण्डारी, सुरजसिंह ठकुरी, सरोज खनाललगायतका कलाकारलाई पनि प्रस्तुत गरिएको छ ।

फिल्मका पटकथाकार सामिप्यराज तिमिल्सिना हुन् । जसले लभस्टोरी फिल्म ‘ए मेरो हजुर २’ र ‘नाइँ नभन्नू ल ५’ सुपरहिट दिइसकेका छन् । संवादमा सुबिन भट्टराईलाई सामिप्यले सघाएका छन् ।

माघ २५ मा रिलिज हुने फिल्ममा पुष्पन प्रधानको संगीत, मनकृष्ण महर्जनको छायाँकन, संजय लामाको डिओपी र अर्जु जिसीको सम्पादन छ । ‘समर लभ’लाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्