अनमोलको नजरमा प्रदीप, पल र सलिनमान ‘ब्याचलर बन्टी’ बन्न सक्षम



रंगखबर, काठमाडौँ – अनमोल केसीले फिल्म ‘ब्याचलर बन्टी’बाट हात झिकिसकेका छन् । ‘ए मेरो हजुर ३’को बाँकी छायाँकनको लागि अमेरिका उड्नु भन्दा पहिले विमानस्थलमा अनमोलले मिडियासँग साक्षात्कार गरे ।

‘ब्याचलर बन्टी’ छोड्नुको मुख्य कारण अनमोलले चित्त नबुझ्दो भूमिका भनेका छन् । उनले भने ‘मलाई भूमिका मन नपरेर सहमतिमै फिल्म छोडेको हुँ । स्किप्ट र हिरोइन चित्त नबुझेर भन्ने खबर बिल्कुलै झुटो हो । मेरो मुखबाट त्यस्तो शब्द नै निक्लिएको छैन । र मैले कसैको स्क्रिप्ट र कुनै कलाकार माथि औँला उठाउन पनि मिल्दैन ।’

आफुले ‘ब्याचलर बन्टी’ छोडेपछि उक्त भूमिकाका लागि उनले प्रदीप खड्का, पल शाह र सलिनमान बनियाँ छनोट गरेका छन् । ‘उँहाहरु मध्ये जसले गर्दा पनि उक्त भूमिका फिट हुन्छ जस्तो लाग्छ ।’ उनले भने ।

अनमोल अभिनित ‘क्याप्टेन’ फागुन १७ मा रिलिज हुँदैछ । ‘ए मेरो हजुर ३’ भने चैतमा रिलिज हुने चर्चा छ । उक्त फिल्ममा अनमोलले झरना थापा पुत्री सुहाना थापासँग जोडी बाँधेका छन् । अमेरिका उड्नु अगाडी अनमोलले सुहानाको निक्कै प्रशंसा पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्