‘घर’मा सुरक्षापछि बेनिशाको आगमन, ऋचाले पाउलिन त इन्ट्री ?



रंगखबर, काठमाडौँ – अर्पण थापाको निर्देशन एवं अभिनय रहने फिल्म ‘घर’को कलाकार चयनको काम चलिरहेको छ । दोस्रो कलाकार स्वरुप फिल्ममा केहि दिन अगाडी सुरक्षा पन्त भित्रिएकी थिइन् । अब बेनिशा हमालले ‘घर’मा इन्ट्री मारेकी छन् ।

हरर फिल्ममा अर्पण, सुरक्षा र बेनिशा फाइनल भएका छन् । यी तीन कलाकारले पहिलो पटक स्क्रिन शेयर गर्नेछन् । यसअघि लगातार अर्पणको फिल्ममा नछुटेकी अभिनेत्री ऋचा शर्माले अहिलेसम्म ‘घर’मा इन्ट्री पाउन सकेकी छैनन् । अर्पणले ऋचालाई ‘घर’मा भित्र्याउछन या भित्र्याउदैनन् पर्ख र हेरको विषय बनेको छ ।

अर्पण त्यहिँ निर्देशक हुन् , जसले ‘सुनकेसरी’ नामक हरर फिल्म निर्देशन गएका थिए । जुन आफ्नै जनरामा आलोचित बनेको थियो ।

डीएस डिजिटलको ब्यानरमा निर्माण हुने फिल्मलाई शर्मिला पाण्डेको लगानी रहनेछ । शर्मिलाले यसअघि ‘लभ लभ लभ’ र ‘चङ्गा चेट’ निर्माण गरिसकेकी थिइन् । उनलाई लगानीमा सन्तोष अधिकारीले सहयोग गर्नेछन् । फिल्मको छायाँकन माघ दोस्रो सातादेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्