वाइडबडी भ्रष्टाचारलाई प्रेमभित्र खोजौँ – मनोज गजुरेल



रंगखबर, काठमाडौँ – भ्रष्टाचार देश उन्नतिको बाधक हो । यहिँ विषयमा फिल्म ‘सय कडा दश’ निर्माण भएको छ । फिल्मले भ्रष्टाचार विरुद्दको प्रेम बोकेको छ ।

मंगलबार राजधानीमा अनलाइन मिडियासँग निर्माण टिमले अन्तरक्रिया गर्यो । अभिनेता मनोज गजुरेलले आफ्नो डेब्यु फिल्मबारे भने ‘भ्रष्टाचार रोक्न प्रेम जरुरि । राजनीतिभन्दा प्रेम भ्रष्टाचारविरुद्द प्रभावकारी औषधि ।’

चर्चामा रहेको वाइडबडी भ्रष्टाचार प्रकरणको समाधान दीर्घकालिनरुपमा राजनीतिभन्दा प्रेमभित्र खोजिनुपर्ने उनको तर्क थियो । उनले फिल्मलाई कला र मनोरञ्जनभन्दा समाजको रुपान्तरणका लागि प्रयोग गर्नुपर्ने खाँचो औंल्याए ।

निर्माता एवं अभिनेता राजाराम पौडेलले आफ्ना लागि पैसाभन्दा कलाले अर्थ राख्ने बताए । ‘दुई सय जति फिल्म गरेँ हुँला, केही पेन्डिङमा होलान् । मेरा लागि सयकडा दश सर्वोत्कृष्ट हो’ उनले दाबी प्रस्तुत गरे ।

अभिनेत्री करुणा श्रेष्ठ र अभिनेता अमृत ढुंगानाले चरित्र चित्रणबारे चर्चा गरे । ‘गरेजति फिल्ममा मैले पात्र र शैलीमा नयाँपन पस्कने प्रयास गरेको हुन्छु’ ढुंगानाले भने । डेब्यु गर्ल श्रेष्ठको भनाइमा ‘सयकडा दश’ फिल्म–मेकिङ सिक्ने पाठशाला पनि हो ।

निर्देशक रामशरण पाठक रिलिज अगाडि प्राप्त प्रिभ्यूले पुलकित सुनिए । भन्छन, ‘गीत र ट्रेलरले दिलाएको सुखद फिडब्याकले खुशि अवश्य छु ।’ उनका अनुसार फिल्मले माघ पहिलो सातादेखि देश दौडाहा थालनी गर्दैछ । माघ १८ मा फिल्म रिलिज हुँदैछ । फिल्मलाई दर्शन नेपाल क्रिएसनले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्