गाइ स्याहार्ने दिनचर्यामा घुलेका विपिनलाई ‘गोपी’ बन्न सहज भयो



रंगखबर, काठमाडौँ – ‘घामपानी’ डेब्यु निर्देशक दीपेन्द्र लामाको दोस्रो प्रस्तुति ‘गोपी’ माघ १८ मा दर्शक समक्ष पुग्दैछ । राजधानीनजिक घर भएको एउटा शिक्षित युवाको गाइपालन, उनका बुवाको ग्रिनकार्डको सपनाबीचको द्वन्द्व फिल्मले बोकेको निर्देशक लामाले बताए ।

उनि भन्छन ‘केन्द्रिय द्वन्दसँगै गाइसँगको मानवीय समवेदना, दैनिकी, गाइ पालन व्यावसाय र त्यसमा आउने उतारचढाव कथा भित्रका भाव हुन् ।’ उनले अगाडी थपे ‘हामि कृषिप्रधान देशमा नगारिक, जसमध्येका धेरै जमात कृषि र त्यसमा पर्ने गाइको समवेदनासँग जोडिएका छौँ । त्यसैले फिल्म र दर्शकको अन्तरक्रिया हुनेमा आशावादी छु ।’

त्यस्तै ‘गोपी’मा शिर्ष भूमिका निर्वाह गरेका विपिन कार्कीले वर्तमान समाजको लागि ‘गोपी’ एक पाठ बन्ने धारणा व्यक्त गरे । बैदेशिक रोजगारको चर्को ठेलम-ठेललाई केहि हदसम्म ‘गोपी’ले बिथोल्ने विपिनले आशा व्यक्त गरे ।

‘गोपी’ भूमिका निर्वाह गर्दाको सहज/असहज परिस्थितिलाई स्मरण गर्दै उनले भने ‘मेरो चरित्रजस्तै मेरो ग्रामिण घरेलु दिनचर्या थियो, घाँस काटेको छु । खोले खुवाएको छु । स्कुल जाँदा दूधको ट्यामी बोकेर डेरीसम्म पुराएको छु । यस हिसाबले काम गर्न सहज भयो ।’

फिल्ममा वर्षा राउत, सुरक्षा पन्त, भोला सापकोटा, अंकीत खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमलीलगायतका कलाकारको पनि अभिनय छ ।

श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा सामिप्यराज तिमिल्सिनाको पटकथा छ । आरोही केसीले निर्माण गरेको ‘गोपी’को कथा निर्देशक स्वयम्ले तयार गरेका हुन् ।

फिल्ममा शैलेन्द्रध्वज कार्कीको डिओपी, न्हयू बज्राचार्य/अर्जुन पोखरेल/कल्याण सिंहको संगीत, गोविन्द राईको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्