‘केदारनाथ’ हिट भएपछि सुशान्तलाई १२ फिल्मको अफर



रंगखबर, काठमाडौँ – अभिनेता सुशान्त सिंह राजपुत बलिउडका नयाँ सितारा हुन् । उनको करिअर उच्च विन्दुमा नबगेपनि उत्कृष्ट घडीमा छ । २०१८ को अन्त्यमा ‘केदारनाथ’ हिट दिएका यी अभिनेताले ‘सोनचिडियाँ’ मार्फत २०१९ को सुरुवात गर्दैछन ।

‘सोनचिडियाँ’को ट्रेलर रिलिज पश्चात उनि पुन: चर्चामा आएका छन् । ‘केदारनाथ’ हिट भएपछि यी अभिनेता अहिले आगामी फिल्मका स्क्रिप्ट पढिरहेका छन् । एक भारतीय मिडियालाई दिएको अन्तर्वार्ता अनुसार उनिलाई अहिले १२ ओटा फिल्मको अफर आएको छ ।

१२ मध्ये कति गर्ने-नगर्ने उनि छनोट प्रक्रियामै छन् । उनि राम्रो कथा र भूमिका भएको फिल्म नछुटाउने विचारमा छन् । उनको सेड्युलमा एक बायोपिक छ । त्यसका अलावा ‘किजी और मैनी’ र ‘छिचोरे’ नामक फिल्म उनले साइन गरिसकेको बताएका छन् ।

Picture: Google

प्रतिक्रिया दिनुहोस्