माघबाट फागुनमा पुग्यो दीपशिखाको ‘प्रेमलीला’



रंगखबर, काठमाडौँ – रिलिज लक गर्ने, अनि बिभिन्न कारण देखाउदै पोस्टपोन्ड गर्ने काम नेपाली फिल्म क्षेत्रमा अत्याधिक हुन्छ । त्यसैले रिलिज नहुँदासम्म केहि फिल्मको पर्खाइमा ढुक्क रहन सकिदैन ।

माघ २५ रिलिज डेट तोकेको फिल्म ‘प्रेमलीला’को प्रतिक्षामा हुनु हुन्छ भने, त्यो समय लम्बिने भएको छ । जनक पाण्डे निर्देशित फिल्मले भिएफएक्सको काम नसकिएको भन्दै रिलिज डेट परिवर्तन गरेको छ । निर्मात्री/अभिनेत्री दीपशिखा खड्काले ‘प्रेमलीला’ फागुन १० मा आउने जानकारी दिएकी छन् ।

खड्का र वितरकको सम्झौतामा फिल्मलाई फागुन १० रिलिज गर्ने निर्णय गरिएको छ । फिल्ममा दीपशिखासँगै अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्लालगायतका कलाकारको अभिनय छ ।

पुर्व रिलिज मिति छापिएका दुई गीत युट्युबमा सार्वजनिक भैसकेका छन् । अन्तरदेशीय प्रेमकथामा नानिमैया कार्की र फैजिल फिल्मसको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्