नयाँ जीवनको सुरुवात गर्दै वर्षा र सन्जोग, फागुनमा विवाह तय



रंगखबर, काठमाडौँ – नेपाली फिल्म क्षेत्रका ‘क्युट कपल’ वर्षा राउत र सन्जोग कोइराला अब विवाह बन्धनमा बाँधिने भएका छन् । वर्षौदेखि सार्वजनिक रुपमै प्रेममा रहेको यो जोडीले ‘भ्यालेन्टाइन डे’लाई विवाहको रुपमा तय गरेको छ ।

सोमबार बिहान दुवै जनाले फेसबुक मार्फत विवाह मितिको कार्ड सार्वजनिक गर्दै नयाँ जीवनको सुरुवात गर्ने निर्णय गरेका छन् । कार्ड बाहिरिए लगतै फिल्मकर्मीहरुको बधाईको ओइरो लागेको छ ।

फागुन २ (फेब्रुअरी १४) मा दुवैले सामान्य तवरबाट विवाह सम्पन्न गर्ने बताइएको छ । अहिले सपिङका लागि मुम्बई पुगेको यो जोडीले भव्य विहे भोज गर्ने जानकारीमा आएको छ ।

वर्षा अभिनित ‘चौका दाउ’ अहिले प्रदर्शनरत छ । भने, माघ १८ मा प्रतिक्षित ‘गोपी’ रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्