बुलबुल ट्रेलर: टेम्पो चालिकाको जीवनका उतारचढाव



रंगखबर, काठमाडौँ – प्रतिक्षित फिल्म ‘बुलबुल’को ट्रेलर रिलिज भएको छ । यसअघि सार्वजनिक टिजर र गीतबाट चर्चामा रहेको फिल्ममा स्वस्तिमा खड्काले मुख्य भूमिका निर्वाह गरेकी छन् ।

ट्रेलरले एक टेम्पो चालिकाको जीवनमा आइपर्ने उतारचढावलाई आत्मसाथ गरेको छ । जहाँ उसका खुसि, रोमान्स, संघर्ष, असफलता, पिडाका दृश्यहरु प्रस्तुत छन् । फिल्ममा स्वस्तिमाको अपोजिट मुकुन भुषाल अर्थात ‘चोपेन्द्र’ छन् । स्वस्तिमाको जीवनमा चोपेन्द्रको इन्ट्री भएसँगै फिल्मको कथाले बाटो समात्ने ट्रेलर हेरी अनुमान लगाउन सकिन्छ ।

बिनोद पौडेल कथा, पटकथा लेखन र निर्देशित फिल्ममा जोएस पाण्डे, लक्ष्मी वर्देवा, दीपक क्षेत्री, उज्जल अधिकारी एलिना कार्कीलगायतले पनि अभिनय गरेका छन् ।

फागुन ३ मा रिलिज हुने फिल्ममा सुशन प्रजापतिको छायाँकन, कोशिस क्षेत्रीको संगीत र अनिमेष सापकोटाको सम्पादन छ । फिल्मलाई अबीरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्