‘पिरतीको गाउँमा’ अमृत, उत्सव र करुणा



रंगखबर, काठमाडौँ – माघ १८ गते रिलिज हुने फिल्म ‘सयकडा दश’ अहिले चर्चामा छ । ‘भ्रष्टाचार विरुद्द प्रेम’ भन्ने नारा बोकेकै कारण फिल्मले दर्शक माँझ कौतुहलता जगाएको छ । अब हेर्न बाँकी छ ‘भ्रष्टाचार विरुद्द प्रेम’ले कसरि खेल खेल्नेछ ?

रिलिजको संघारमा अझ बढी चर्चाका लागि टिम लागि परेको छ । र, दर्शक माँझ नयाँ गीत छोडेको छ । ‘दाइलाई कुरा लाइदिने’ हिट भएपछि युट्युबमा रोमान्टिक नम्बर ‘पिरतीको गाउँ’ अपलोड गरिएको छ ।

कल्याण सिंह संगीतवद्द गीतमा मुख्य कलाकार अमृत ढुंगाना, करुणा श्रेष्ठ र उत्सव न्यौपानेको प्रेम दर्साइएको छ । युट्युब कभरमा लोकप्रिय स्वप्न सुमन र त्रिशाला गुरुङले गीतमा स्वर दिएका छन् ।

‘प्रेमगीत २’ फ्रेम्ड रामशरण पाठक निर्देशित ‘सयकडा दश’मा मनोज गजुरेल, राजाराम पौडेल, सोनिया राई, उत्सव न्यौपानेको पनि अभिनय छ ।

निर्देशक स्वयम्ले लेखेको फिल्ममा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजिव न्यौपानेले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्