श्रीदेवीको बायोपिक टिजर रिलिज, डेब्यु फिल्मबाटै विवादमा प्रिया



रंगखबर, काठमाडौँ – पछिल्लो समय बलिउडमा बायोपिक बन्ने लहर चलेको छ । विभिन्न क्षेत्रका व्यक्तित्वहरुको जीवनीमा आधारित फिल्म बनिरहेको समयमा संजय दत्तको जीवनी ‘सन्जु’ बक्सअफिस र समिक्षकको नजरमा उत्कृष्ट ठहरियो ।

अब, स्वर्गीय अभिनेत्री श्रीदेवीको जीवनीमा फिल्म बन्ने भएको छ । ‘श्रीदेवी बंग्लो’ नामको फिल्म सुपरस्टार श्रीदेवीको जीवनीमा आधारित छ । फिल्मको टिजर पनि सार्वजनिक भएको छ । जहाँ, श्रीदेवीको रोल साउथ अभिनेत्री प्रिया प्रकाश वारियरले निर्वाह गरेकी छन् । प्रिया एक भिडियोमा आँखा झिम्क्याएको भरमै सेलेब्रेटी बनेकी थिइन् । यहि फिल्म उनको बलिउड डेब्यु हो ।

टिजरमा श्रीदेवीको सक्सेस, खुसि, पिडा र मृत्युलाई प्रस्तुतु गरिएको छ । टिजरको अन्त्यमा श्रीदेवी बाथटवमा डुबेर मरेकी छन् । फिल्मको टिजर सार्वजनिक भएसँगै प्रिया विवादमा तानिएकी छन् । उनले एक अन्तर्वार्ताका क्रममा फिल्म श्रीदेवीको जीवनीमा आधारित छ कि छैन, भनेर जान्न पुरै फिल्म हेर्नुपर्नेछ भनेकी थिइन् । उनले आफ्नो भूमिकाको बारेमा बोल्दै मैले श्रीदेवी नामको एक सुपरस्टारको भूमिका निर्वाह गरेको बताएकी थिइन् । यो अभिव्यक्तिसँगै उनको विरोधमा थुप्रै ट्रोल बनिरहेका छन् ।

साथै, टिजरमा श्रीदेवीलाई कुनै ‘ट्रीब्युट’ नदिएपछि दर्शक रिसाएका छन् । लण्डनमै पुरै फिल्म छायाँकन गरिनेछ । रिलिज डेट तय भैनसकेको फिल्मलाई प्रशान्त माम्पुलीले निर्देशन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्