सुयोगको ‘सानो मन’मा आयुषमान र शिल्पा



रंगखबर, काठमाडौँ – अब आयुषमान देशराज जोशी र शिल्पा मास्केले जोडी बाँध्ने भएका छन् । माघे संक्रान्तिको अवसर पारेर यी दुईको मुख्य भूमिका रहने फिल्म ‘सानो मन’को घोषणा गरिएको छ ।

सुयोग गुरुङको डेब्यु निर्देशनमा बन्ने फिल्मले म्युजिकल लभस्टोरी वर्णन गर्नेछ । फिल्मको कथा निर्देशक र समिर सुनवारले तयार गरेका हुन् । दुई वर्ष अगाडीको प्रोजेक्ट भएपनि केहि कुरामा चित्त नबुझ्दा फिल्म बन्न समय लागेको निर्देशक गुरुङले बताए । ‘राम्रो फिल्म बनाउन कुनै कसर बाँकी छोड्ने छैनौँ’ उनले भने ।

आयुषमान र शिल्पाले पनि लामो समयको प्रतिक्षा पश्चात राम्रो फिल्मको सुरु हुन् लागेकोमा खुसि व्यक्त गरे । आयुषमानले यो फिल्म निक्कै अगाडी साइन गरिसकेका थिए । भने, शिल्पाले दुई वर्ष अगाडी नै स्क्रिप्ट पढीसकेकी थिइन् ।

पहिलो फिल्मलाई ड्रिम प्रोजेक्ट मानेका निर्देशक गुरुङले काठमाडौँ, भैरहवा, हङकङ र मकाउमा छायाँकन गर्ने योजना बनाएका छन् । फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारको पनि अभिनय रहनेछ ।

आलोक शुक्लाले खिच्ने फिल्मको कोरियोग्राफरमा साजन सिंह चयन भएका छ्न । उनलाई बलिउडबाट झिकाइएको हो । भने, संगीतको पाटो सुयोग सोताङले सम्हाल्ने छन् ।

ओपीजी फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्ममा योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरको लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्