अक्षयको ‘ए खबर छपादो अखबार मै’मा कार्तिक आर्यन



रंगखबर, काठमाडौँ – बलिउडमा पुराना गीतको रिमेक गर्ने प्रचलनमा छ । मेकरहरु नयाँ गीत तयार गर्ने भन्दा पनि पुराना हिट गीतलाई रिमेक गर्न व्यस्त छन् । अब सन् १९९७ को हिट गीत ‘ए खबर छपादो अखबार मे’को पनि रिमेक बन्ने भएको छ ।

यो डान्सिङ नम्बर अक्षय कुमारको ‘अफ्लातून’मा समावेश थियो । गीतमा अक्षय र उर्मिला मंतोड़करले कम्मर मर्काएका थिए । लक्ष्मण उटेकरले निर्देशनमा बनिरहेको ‘लुका छुपी’मा यो गीतको रिमेक समावेश गरिनेछ । गीतमा युवापुस्ताका ढुकढुकी कार्तिक आर्यनसँग कृति सनोनले नृत्य पस्किने छन् ।

डेढ सय बढी कोरस प्रयोग गरिने गीतलाई मुम्बईका बिभिन्न लोकेशनमा खिचिनेछ । जसको कोरियोग्राफी विजय गांगुलीले गर्नेछन् ।

फिल्ममा कार्तिक मथुराको एक रिपोर्टरको भूमिकामा देखा पर्दैछन । भने, कृतिले लोकल युवतीको भूमिका निर्वाह गर्नेछिन् । २०१८ मा ‘सोनु के टिटु के स्विटी’ हिट दिएपछि कार्तिक सबैको नजरमा पर्न सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्