एक अक्षरको ‘रे’ छायाँकनको अन्तिम चरणमा



रंगखबर, काठमाडौँ – जबसम्म नेपाली फिल्म क्षेत्रमा एकैधार फिल्म निर्माण हुन्थ्ये, त्यतिबेलाका कुनै-कुनै फिल्मका नाम उस्तै सुनिन्थ्ये । मिल्थ्ये पनि । ‘लूट’ रिलिज पछि समय फेरिएको छ । फरक कथाबस्तु र फरक नाममा मेकरहरु फिल्म निर्माण गरिरहेका छन् ।

अहिले कसरि हुन्छ फरक नाममा फिल्म बनायो भने चर्चामा पुगिन्छ भन्ने मेकरहरुको सोचाइ छ । यहि सोचाइ अनुरुपको एक फिल्म अहिले छायाँकनको अन्त्यतिर पुगेको छ । फिल्मको नाम हो ‘रे’ । एउटा अक्षरको शिर्षकमा फिल्म बनाउन सवा करोड खर्च गरिएको निर्माण पक्षले बताएको छ ।

मछेन्द्र नारायण जात्रा, काठमाडौँको इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्रा माथि आधारित फिल्मलाई दिनेश पौडेल निर्देशन गरिरहेका छन् । फिल्ममा सुनिल थापा, दिवस धिताल, सुजता थापा, क्रान्ति बराइली, अभि जोशी, रक्षा गुरागाइँ, पुर्णिमा लामाले अभिनय गरिरहेका छन् ।

फिल्मको अन्तिम छायाँकन केहि दिनदेखि काठमाडौँ चोभारमा चलिरहेको छ । निर्माण टिमले महँगो रकम खर्च गरेर छायाँकनका लागि हेलीकप्टर चार्टर गरेको छ । राजेन्द्र त्रिपाठीको लगानी रहेको एक्सन लभस्टोरी फिल्ममा किशोर खतिवडाको अतिथि भूमिका रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्