रिसुटका कारण सोनु सूधले ‘मणिकर्णिका’ छोडेका थिए



रंगखबर, काठमाडौँ – जनवरी २५ मा रिलिज हुने बलिउड फिल्म ‘मणिकर्णिका: द क्विन अफ झाँसी’ अहिले अत्याधिक चर्चामा छ । कंगना रनाउत स्टारर फिल्मको ट्रेलर चर्चा कमाएसँगै यसले बक्सअफिस गर्माउने अनुमान गरिएको छ ।

‘मणिकर्णिका’को चर्चा जति छ, त्यति नै यो फिल्म कन्ट्रोभर्सिमा पनि फसिरहेको छ । फिल्म छायाँकन क्रममा बीचबाटै निर्देशक राधाकृष्ण जगर्लामुडी हात झिकेपछि बाँकी निर्देशनको काम कंगनाले सम्हाल्नु पर्यो । त्यसपश्चात अभिनेता सोनु सूधले फिल्मबाट हात झिके । उनले आफ्नो आधा छायाँकन सकाईसकेका थिए । त्यस समयमा सोनुले फिल्म छोड्नुको कारण कंगनालाई लिइयो ।

रिलिजको मुखमा सोनुले ‘मणिकर्णिका’ छोड्नुको मुख्य कारण बताएका छन् । भारतीय मिडियालाई दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘कंगना र निर्देशकको मनमुटावका कारण मलाई पुन: दृश्य दिनुपर्ने बताइयो । मैले केहि दृश्य बाहेक बाँकी रिसुट गर्नु पर्छ र ? भने । किनकी, मैले मेरो अन्य फिल्मको सेड्युल र कथाको मागले केहि दृश्य मात्र रिसुट गर्नु पर्ने देखेको थिए ।’

उनले अगाडी थपे ‘फिल्मको सम्पादनको क्रममा जब मेरो सबै दृश्य हटाइयो, मलाई नराम्रो लाग्यो । केहि हटाउनु नपर्ने दृश्य पनि हटाइएपछि मैले फिल्म छोडे ।’ अहिले सोनुको भूमिका महोम्मद जिशन आयुबले निर्वाह गरेका छन् ।

अभिनयकी रानी कंगनाले ‘मणिकर्णिका’ मार्फत निर्देशनमा हात हालेकी छन् । उनले एक अन्तर्वार्ताका क्रममा अभिनय जस्तै निर्देशन पनि आफुलाई सजिलो लागेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्