‘निफ २०१९’मा ३१ देशका ५९ फिल्म प्रतिस्पर्धामा



रंगखबर, काठमाडौँ – ‘नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) दोस्रो संस्करण फागुन ९ देखि १३ गतेसम्म काठमाडौँमा सम्पन्न हुने भएको छ । विहिबार आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान’ले दोस्रो संस्करणका कार्ययोजना सार्वजनिक गरेको छ ।

निफमा यसपटक विश्वका ३१ राष्ट्रबाट ५९ ओटा लघु तथा फिचर फिल्म प्रदर्शनको अन्तिम सुचीमा समावेश भएका छन् । नेपालबाट १६ फिल्म प्रदर्शन हुनेछन । त्यसमा १० लघु र ६ फिचर फिल्म छन् । फिचर फिल्म अन्तर्गत ‘डमुरुको डन्डीबियो’, ‘भोर’, ‘पंचायत’, ‘हरि’, ‘भुइँमान्छे’ र ‘डाइङ क्यान्डल’ छन् ।

त्यस्तै विदेशी फिल्म तर्फ ३१ ओटा लघु र ६ ओटा फिचर फिल्म सेलेक्सनमा परेका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्ड परिसरमा पाँच दिनसम्म चल्ने समारोहमा फिल्मबारे बिभिन्न विषयक छलफल र अन्तरक्रिया पनि संचालन हुनेछन् । नयाँ फिल्मकर्मीका लागि अवसर प्रदान गर्ने उद्येश्यले महोत्सबमा प्रतिस्पर्धात्मक कथा वाचन कार्यक्रम पनि आयोजना हुनेछ ।

महोत्सबमा राष्ट्रिय र अन्तराष्ट्रिय फिल्म क्षेत्रका ख्याति प्राप्त फिल्मकर्मी सम्हिलित निर्णायक मण्डलबाट विजेता घोषणा गरि पुरस्कार बाँडिने बताइएको छ ।

अन्तराष्ट्रिय प्रतिस्पर्धामा विजेता फिचर फिल्मलाई ट्रफी र एक हजार डलर नगदसहितको गौतम बुद्द अवार्ड प्रदान गरिनेछ । सर्ट फिल्म तर्फ पाँचसय डलर ट्रफीसहितको माउन्ट एभरेस्ट अवार्ड छ । नेपाल पानोरामा अन्तर्गत फिचर फिल्म विजेतालाई ट्रफी र ५० हजार नगद छ । भने, सर्ट फिल्म तर्फ २५ हजार नगदसहित ट्रफी छुट्याइएको छ । नेपाल पानोरामामै उत्कृष्ट निर्देशन र लेखनको अवार्ड पनि छुट्याइएको छ । भने, सर्ट फिल्म तर्फ उत्कृष्ट निर्देशक मात्र छ ।

नेपाली फिल्मलाई अन्तराष्ट्रिय जगतमा विख्यात बनाउने उद्येश्यले आयोजना हुन् लागेको महोत्सबमा सह-आयोजक स्वरुप काठमाडौँ महानगरपालिकाले सहयोग गरेको छ । भने, चलचित्र बिकास बोर्ड र पर्यटन बोर्ड सम्बर्दकका रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्