वैवाहिक सम्बन्ध बचाउन नसकेका ५ अभिनेत्रीहरु



रंगखबर, काठमाडौँ-  हुन त ‘के टाउन’ मा अहिले सम्बन्ध विग्रनुलाई अहिले सामान्य नै मान्न थाली सकिएको छ। बलिउड र हलिउड अछुतो नरहेको नेपाली सिने नगरी के छुट्न सक्थ्यो र ! कलिउडमा पनि यस्ता धेरै अभिनेता तथा अभिनेत्रीहरु छन जसको सम्बन्धमा खट-पट पैदा भएर कुरा डीभोर्स सम्म पुगी अहिले अलग भै सकेका छन। आज हामी तपाईलाई ५ सेलिब्रेटीहरुका बारे जानकारी दिदैछौ जसले आफ्नो सम्बन्धलाई अन्त्य गरेर नयाँ जीवन सुरु गरिसकेका छन ।

रेखा थापा :

नेपाली फिल्म नगरीमा रेखा थापालाई हिरोइन कम र हेरो ज्यादा भन्ने गरिन्छ। हुन पनि फिल्म नगरीमा गत १८ बर्ष देखि एकछत्र राज पनि गर्दै आएकी छन । उनले अभिनय र निर्माण गरेका प्राय: सबै फिल्महरु त्यसताका सुपरहिट नै कहालिन्थ्ये । नेपाली फिल्म क्षेत्रमा रेखा थापाको जति उचाई छ उनलाई त्यो कदसम्म पुर्याउँन छवि ओझाको भूमिका नकार्न सकिँदैन । कुनै समय रेखा थापा र छवि ओझाको जोडी निकै हिट थियो । छवि र रेखाबीच आजभन्दा १७ वर्ष अगाडी विवाह भएको थियो । तर, यी दुईको वैवाहिक सम्बन्ध करिब ४ वर्ष मात्रै टिक्न सक्यो । २०६९ सालमा मा नै उनीहरु एक अर्काबाट अलग्गीएका थिए ।

प्रियंका कार्की :

सिने नगरीमा अहिलेकि हट केकको रुपमा नायिका प्रियंका कार्कीलाई लिईन्छ। कायौ हिट फिल्महरु दिएकी यी नायिका कुनै न कुनै कारणले चर्चामा आई नै रहन्छिन। मिस टीन हुदै ग्लामर दुनियाँमा प्रवेश गरेकी उनको वैवाहिक जीवन भने खासै सुखद रहेन।अमेरिका हुदै रोचक मैनाली सँग लगनगाँठो कसेकी प्रियंकाको विवाह  केही वर्ष नवित्दै टुंगिएको थियो । रोचकले अहिले दोश्रो विवाह गरिसकेका छन् भने यता प्रियंका पनि मोडल आयुषमान देशराजसँग अफेयरमा छिन् । उनिहरुको विवाह आउँदो असारमा हुने जानकारी दुवैले दिएका छन ।

रिमा विश्वकर्मा:
सन् २०१५ मा वैवाहिक सम्वन्धमा गाँसिएको रिमा विश्वकर्मा र रोबर्ट बिकको जोडी पनि धेरै समय टिक्न सकेन । वेलायतमा बस्दै आएका रोबर्ट र नेपाली रंगमञ्चमा छवि बनाउन सफल मोडल रिमा विश्वकर्माबिच केही समयको प्रेम सम्बन्ध पश्चात विवाह भएको थियो । काठमाडौँको हायात होटलमा भव्य तवरले विहे गरेतापनि सम्वन्ध भने दुई वर्ष पनि टिक्न सकेन । सन् २०१७ मा रिमा र रोबर्टले पारपाचुके गरि आधिकारिक रुपमा एकअर्काबाट अलग भएको घोषणा गरेका थिए । अहिले रिमा सिङ्गल नै रमाई रहेकी छिन भने रोबर्टले इन्गेजमेन्ट गरिसकेका छन ।

अरुणिमा लम्साल:
२०६० देखि ७० सम्म फिल्म नगरीमा चर्चा कमाउन सफल अभिनेत्री हुने अरुणिमा लम्साल| अभिनयमा अब्बल रहेकी उनको पनि वैवाहिक जीवन लामो समयसम्म टिक्न सकेन । करिव एक दशकअघि अमित अर्यालसँग लगनगाँठो कसेकी अरुणिमा र अमितको विवाहको शुरुवाती वर्षहरुमै असन्तुष्टि पैदा भएपछि विस्तारै सम्बन्ध चिसिँदै गएको थियो । अमितले आफ्नो व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने आरोप लगाउँदै आएकी अरुणिमाले अन्ततः सन २०१७ मा विवाहको १२ वर्षपछि डिभार्स गरेकी हुन । अमित र अरुणिमाबाट एक छोरी जन्मिएकी छिन ।

मनिषा कोइराला :
नब्बेको दशक देखि बलिउडमा जमेकी मनिषाले कयौं हिट फिल्महरु दर्शकसामु पस्कि सकेकी छिन। नेपाली फिल्म ‘फेरी भेटौला’बाट फिल्म नगरीमा होमिएकी मनिषाको पनि वैवाहिक जीवन अरु सेलिब्रेटीको जस्तै लथालिङ्ग नै छ । सन २०१० मा व्यवसायी सम्राट दाहालसंग नेपाली संस्कृतिअनुसार विवाह गरेकी कोइरालाले उक्त सम्वन्धलाइ सफल रुपमा निरन्तरता दिन सकिनन् । विहे गरेको दुइवर्ष बित्न नपाउदै सन २०१२ मा उनीहरुले सम्वन्ध विच्छेद गरेका थिए । सम्राटसँगको सम्बन्ध विच्छेद हुनुलाई सकारात्मक रुपमा लिँदै मनिषाले खराब सम्बन्ध धेरै समय राख्न नहुने बताएकी थिइन् । आफुले विवाह गर्न हतार गरेको अनुभव गर्दै सम्बन्ध विच्छेद गरेपछि पनि आफु अन्य सम्वन्धहरु जोड्न तत्काल तयार नभएको मनिषाले बताउँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्