यी सुपरस्टारको पहिलो तलबले पार्नेछ तपाईलाई छक्क !



रंगखबर, काठमाडौँ। बलिउड कलाकारहरुले अहिले फिल्म, विभिन्न कार्यक्रम र इन्डोर्समेन्टको माध्यमबाट करोडौं रुपैयाँ कमाउँछन्। तर यदि उनीहरुको पहिलो पारिश्रमिकको कुरा गर्ने हो भने कसैले २५ रुपैयाँ पाएका थिए त कसैले १०० रुपैयाँ र ५० रुपैयाँ पाएका थिए। यसको बाबजुद पनि उनीहरुले पहिलो पारिश्रमिक आफ्नो तरिकाले खर्च गरे। आज हामी बलिउड कलाकारहरुको पहिलो पारिश्रमिकको बारेमा चर्चा गर्न गईरहेका छौं।

इरफान खान

चर्चित बलिउड अभिनेता इरफान खान न्युरो इन्डोक्राइन ट्युमर नामक रोगको सामना गरिरहेका छन्। इरफानले ट्वीट गर्दै लेखेका छन्, “जिन्दगीमा अचानक केही यस्तो हुन्छ, जसले तपाईले अगाडी बढाउँछ। मेरो जिन्दगीमा पनि पछिलो दिनमा केही यस्तो नै भएको छ।” इरफान आफ्नो सुरुवाती दिनहरुमा बच्चाहरुलाई ट्युसन पढाउने गर्थे र पहिलो पारिश्रमिक रकम जम्मा २५ रुपैयाँ थियो। उक्त रकमबाट उनले साइकल खरिद गरेका थिए।

ऋतिक रोशन

ऋतिक रोशन ६ वर्षको हुदाँ उनलाई फिल्म ‘आशा’ मा काम गर्ने अवसर प्राप्त गरेका थिए र उनले त्यहाँ पारिश्रमिक १०० रुपैयाँ पाएका थिए। उनले उक्त १०० रुपैयाँले खेलौना कार किनेका थिए।

आमिर खान

आमिर खानले फिल्म ‘पारानोय’ मा सहायक निर्देशकको रुपमा काम गरेका थिए र त्यहाँबाट उनले पहिलो पारिश्रमिकको रुपमा एक हजार प्राप्त गरेका थिए। उनले उक्त रकम आफ्नो आमालाई राख्न दिएका थिए।

शाहरुख खान

शाहरुख खानले पंकज उधासको एक गजल कार्यक्रममा मानिसहरुलाई सिट व्यवस्था गर्ने काम गरेका थिए। उक्त कामको पारिश्रमिकको रुपमा उनले मात्र ५० रुपैयाँ पाएका थिए। उनले उक्त ५० रुपैयाँले ताज महलको टिकट खरिद गरेका थिए।

रिचा चड्ढा

१२ वर्षको हुदाँ रिचा चड्ढाले दूरदर्शन च्यानलको लागि एक प्रस्तुति दिएकी थिईन। उनले त्यस बापत २०० रुपैयाँ र एक साडी पनि पाएकी थिईन र उक्त रकम आफ्नो बुबालाई दिएकी थिईन।

अर्जुन कपूर

अर्जुन कपूरले फिल्ममा अभिनय गर्नु अगाडी सहायक निर्देशकको रुपमा काम गरेका थिए। उनले पहिलो पारिश्रमिकको रुपमा ३५ हजार पाएका थिए। उनले उक्त रकमको एक पैसा पनि खर्च गरेका थिएनन। सबै रकम आफ्नो अभिभावकलाई दिएका थिए।

सोनम कपूर

सोनम कपूर आफ्नो करियरको सुरुवाती दिनहरुमा सिङ्गापूरमा वेट्रेसको काम गर्थिन्। त्यस पछि सञ्जय लीला भन्सालीको फिल्म ‘ब्ल्याक’ बाट उनले सहायक निर्देशकको रुपमा काम सुरु गरेका थिए। यसबाट उनले तीन हजार रुपैयाँ पाएका थिईन । उनले यस रुपैयाँको घरबाट बाहिर ओहोरदोहोर गर्न खर्च गर्थिन।

रणदीप हुड्डा

रणदीप हुड्डा अष्ट्रेलियाको एक चाइनिज रेस्टुरेन्टमा वेटरको रुपमा काम गर्थे र उनले पहिलो तलब ३६० रुपैयाँ पाएका थिए। यसले उनले बियर क्यान किनेका थिए। एजेन्सी

प्रतिक्रिया दिनुहोस्