शोभितको ‘बद्रिबहादुर’मा पूजाको केमियो कुरा



रंगखबर, काठमाडौँ – अभिनेत्री पूजा शर्मा पुन: एक पटक फिल्मका कारण खबरमा छाएकी छन् । अहिले होमप्रोडक्सनको ‘सम्हालिन्छ कहिले मन’को प्रि-प्रोडक्सनमा व्यस्त रहेकी पूजा फिल्म ‘बद्रीबहादुर’मा देखिने चर्चा छ ।

तर, फिल्ममा उनको एक गीतमा सानो केमियो मात्र रहनेछ । बुधबार केहि संचार माध्यममा पुजा र सलोनको जोडी बाँधिने लगायतका खबर प्रकाशित भएपछि, उनले फिल्मसँगको आफ्नो उपस्थितिको बारेमा स्टाटस लेखेकी छन् ।

शोभित बस्नेतले निर्देशन गर्ने फिल्मको लागि एक गीतको सानो केमियोमा कुरा भएको उनले उल्लेख गरेकी छन् । सलोनसँग जोडी बाँध्ने सन्दर्भमा उनले केहि लेखेकी छैनन् ।

सुदर्शन थापासँगको सहकार्यमा फिल्म खेल्न थालेपछि पूजाले अहिलेसम्म सहाकार्य तोडेकी छैनन् । बाहिरका व्यानरमा काम गर्ने खबरहरु बेला बखतमा बाहिरिए पनि, यस विषयमा उनि अहिलेसम्म आधिकारिक बन्न सकेकी छैनन् ।

‘बद्रिबहादुर’का लागि छुल्ठिम गुरुङ, जयकिसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संगौला, एलिना रायमाझी, उत्तम केसीलगायतका कलाकार फाइनल भएको खबर छ ।

पूजा र निर्देशक शोभित एक-अर्काका फेवरेट हुन् । सोभितले पूजाको लोभलाग्दो लोकप्रियता क्यास गर्न चाहन्छन । पूजाले निर्माण गरेका ‘म यस्तो गीत गाउँछु’ र ‘रामकहानी’मा शोभितले अभिनय गरेका थिए । सम्भवत: पालोको पैचों तिर्न पूजाले ‘बद्रिबहादुर’मा केमियो गर्न लागेको हुनु पर्दछ । 

Picture: Google

प्रतिक्रिया दिनुहोस्