भ्रष्टाचारविरुद्दको प्रेम ‘सयकडा दश’लाई सबैले हेर्न पाउने



रंगखबर, काठमाडौँ – मनोज गजुरेल स्टारर फिल्म ‘सयकडा दश’ले सेन्सर बोर्डबाट युनिभर्सल प्रमाणपत्र हाँसिल  गरेको छ । अब भ्रष्टाचारविरुद्द प्रेम भन्ने नारा बोकेको फिल्मलाई सबै उमेर समुहका दर्शकले हेर्न सक्नेछन् ।

रामशरण पाठक निर्देशित फिल्मको समयसिमा  घण्टा १० मिनेट तय गरिएको छ । माघ १८ गते रिलिज हुने फिल्म सार्वजनिक नाराले गर्दा चर्चामा छ । निर्माण पक्षले प्रचार गरेजस्तै भष्ट्राचार उन्मुक्तिको लागि प्रेमले भूमिका खेल्ला त ?

दर्शन नेपाल क्रिएसनले निर्माण गरेको फिल्ममा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेललगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्